कोशी

प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत ।



काठमाण्डौं, ०१ मंसिर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई विश्वासको मत प्राप्त भएको छ। बुधबारको प्रदेशसभा बैठकमा भएको मतदानमा राईको पक्षमा ५० मत प्राप्त भएको हो। त्यस्तै उनको विपक्षमा २९ मत परेको छ। त्यस्तै दुवै पक्षमा मत दिन्नँ अर्थात् तटस्थमा शून्य मत परेको थियो। मतदानमा ७९ सदस्यहरू सहभागी भएका थिए।

कात्तिक ३० गते मंगलबार नै विश्वासको मत लिने कार्यसूची रहेको भए पनि नेपाल बन्दको कारण देखाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरू अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो। ९२ सदस्यीय प्रदेशसभामा एमालेका ४१ सांसद छन्। जसमध्ये १ जना सभामुख छन् भने एकजना फरार छन्।

त्यस्तै कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका तीन र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक र राप्रपाका एकजना सांसद छन्।

प्रकाशित : १ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६