कोशी

प्रदेश १ प्रदेश सभाको बैठक भोलि सम्मका लागि स्थगित ।



काठमाण्डौ, ३० कार्तिक ।  प्रदेश १ को प्रदेश सभा बैठक भोलि सम्मका लागि स्थगित भएको छ । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नआएपछि बैठक भोलि बिहान ११ बजेका लागि बोलाएको प्रदेश १ को प्रदेश सभा सचिवालयका प्रवक्ता चमिला भट्टराईले जानकारी दिनुभयो ।

प्रदेश सभा बैठकमा आज मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिने कार्यसूची थियो । नेकपा एमालेले विप्लव समूहको बन्दका कारण सांसदहरु आउन नसक्ने भन्दै बैठक स्थगित गर्न माग गरेको थियो । तर कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुले बैठक रोक्न सहमत भएनन् ।

बैठक बसे पनि एमालेका कोही सांसद नआएपछि सभामुख प्रदीपकुमार भण्डारीले भोलिसम्मका लागि बैठक स्थगित गर्नुभएको हो । मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची पनि भोलिका लागि नै सारिएको प्रवक्ता भट्टराईले बताउनुभयो । 

प्रकाशित : ३० कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६