अर्थ-वाणिज्य

१०औँ महाधिवेशनले सर्वसम्मत रुपमा पदाधिकारी चयन गर्ने खुलासा



काठमाडौं २६ कात्तिक । एमाले प्रवक्ता प्रदीपकुमार ज्ञावलीले पार्टीको १०औँ महाधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने बताउनु भएको छ । चितवनमा आज पत्रकारहरुसँग कुरा गर्दै एमाले सचिव एवं प्रवक्ता ज्ञवालीले यस्तो जानकारी दिनुभएको हो । उहाँले अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत हुने र उहाँलगायत अधिकांश पदमा सर्वसम्मत गरिने बताउनु भयो ।

‘अध्यक्षलगायत पदाधिकारीका अधिकांश पदमा सर्वसम्मत हुन्छ । केन्द्रीय सदस्यमा धेरै साथीहरू आकांक्षी भएकाले मतदान हुन्छ,’ सचिव ज्ञावलीले भन्नुभयो । उहाँले केन्द्रीय सदस्य र अन्य कुनै एक/दुई पदबाहेक अन्य पद सर्वसम्मतमै टुङ्गिने बताउनु भयो । महाधिवेशनका लागि तयारी तीव्र पारिएकाले आज केन्द्रीय पदाधिकारी महाधिवेशन उद्घाटनस्थल र बन्द सत्रस्थलसमेत अनुगमन गर्न आएको सचिव ज्ञवालीले जानकारी दिनुभयो ।

महाधिवेशनका लागि प्रतिनिधि छनोटको काम कात्तिक २७ गते हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘२७ गते देशभरि र प्रवासमा समेत प्रतिनिधि छनोट गरिने छ ।’ महाधिवेशनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाहुनालाई निम्ता गर्ने काम सकिएको सचिव ज्ञवालीले जानकारी दिनुभयो । पार्टीभित्र अहिले देखिएका केही समस्या समाधान गरेर अघि बढ्ने पनि उहाँले प्रष्ट पार्नुभयो ।

‘पालिका र जिल्लामा त्यस्तो समस्या छैन । केही साथीको कार्यविभाजनमा असन्तुष्टि रहेको छ ।यो समाधान हुँदै जान्छ,’ ज्ञवालीले भन्नुभयो । पार्टी आज एकताको मनोविज्ञान र १० बुँदे पछि जोडिएका साथीहरूको मनोविज्ञानका आधारमा अघि बढ्ने जानकारी दिँदै उहाँले भन्नुभयो, ‘१०औं महाधिवेशन अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सर्वसम्मत रुपमा अघि बढ्छ ।’

प्रकाशित : २६ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६