अन्तर्राष्ट्रिय

टी २० विश्व कपः प्रतियोगिताको एकमात्र अपराजित टिम पाकिस्तान सेमिफाइनलमा अस्ट्रेलियासँग पराजित ।



काठमाण्डौ, २६ कार्तिक । अस्ट्रेलिया आईसीसी टी २० विश्व कप क्रिकेटको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै अस्ट्रेलिया फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ७७ रनको लक्ष्य अस्ट्रेलियाले ६ बल बाँकी हुँदै ५ विकेट गुमाएर भेट्टाएको थियो । अस्ट्रेलियाका डेभिड वार्नरले सर्वाधिक ४९ रन बनाए भने म्याथ्यु वेड र मार्कस स्टोइनिसले ८१ रनको साझेदारी गरे । वेड ४१ र स्टोइनिस ४० रनमा अविजित रहे । यस्तै, अस्ट्रेलियाका मिचेल मार्शले २८ रन जोडे । पाकिस्तानका शाहब खानले ४ तथा शाहिन साह अफ्रिदीले १ विकेट लिए ।

यसअघि, पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद रिजवान र फकर जमानले अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् ।  रिजवानले ६७ र जमानले ५५ रन बनाए । यस्तै, कप्तान बाबर आजमले ३९ रन जोडे ।  अस्ट्रेलियाका मिचेल स्टार्कले २ तथा प्याट कुमिन्स र एडम जाम्पाले १,१ विकेट लिए । प्रतियोगिताको एकमात्र अपराजित टिम पाकिस्तान सेमिफाइनलमा अस्ट्रेलियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । अब अस्ट्रेलियाले फाइनलमा पर्सि न्युजिल्यान्डसँग खेल्नेछ ।

प्रकाशित : २६ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६