कोशी

प्रदेश १ का मुख्यमन्त्री राईद्धारा शपथ ग्रहण ।



काठमाण्डौ, १६ कार्तिक । प्रदेश नम्बर १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राईलाई आज मङ्गलवार प्रदेश प्रमुख सोमनाथ अधिकारीले शपथ ग्रहण गराउनुभएको हो । 

नेकपा एकीकृत समाजवादीका नेता राईलाई प्रदेश प्रमुख अधिकारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार आजै मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । 

यस्तै, मुख्यमन्त्री राईले चार मन्त्री र एक राज्यमन्त्रीसहित ६ सदस्यीय मन्त्रिपरिषद् पनि गठन गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरूमा इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजना मन्त्री, हिमाल कार्की भौतिक पूर्वाधार विकास मन्त्री, केदार कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री र जयराम यादव सामाजिक विकास मन्त्री बन्नुभएको छ । 

यस्तै विष्णु तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरू र राज्यमन्त्रीले पनि शपथ लिएका छन् ।  

प्रकाशित : १६ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६