प्रदेश

‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहलाई ।



काठमाण्डौ, १३ कार्तिक । लोकदोहोरी गीतको रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले जितेको छ । आज पोखरामा भएको फाइनलमा बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई हराएर पराजुली र बुढाथोकीको समूहले उपाधि जितेको हो ।

उपाधि विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । दोस्रो भएको बालचन्द्र बराल र शोभा कार्कीको समूहले १० लाख रुपैयाँ पुरस्कार पाएका छन् । विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार हस्तान्तरण गर्नुभयो । यो कार्यक्रम नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको छ ।

प्रकाशित : १४ कार्तिक २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६