विचार/ब्लग

प्रचण्डमा आत्महत्याको सोच किन प्रकट भयो?



विधान महाधिवेशन सहमतिका साथ भव्य रूपमा सम्पन्न भएकोमा नेपाली श्रमजीवी जनता प्रफुल्लित भए भने प्रतिक्रियावादी शक्ति त्रसित बन्यो । एमालेको फूट, विग्रह, विमतिमा रमाउने प्रचण्ड र माधव नेपालहरू चकित बने । आफ्नो बहिर्गमनपछि भएको एमालेको शक्ति क्षीण भएको भ्रममा रहेका प्रचण्ड र माधव नेपाललाई नींद हराम भयो । जिल्लास्तरका आफ्ना अधिकांश कार्यकर्ता एकपछि अर्को गर्दै एमालेमा प्रवेश गरिरहेको र एमालेको रौनक बढेको देखेर प्रचण्डमा त आत्महत्याको सोच समेत देखियो । एमाले र केपी शर्मा ओलीप्रति जनतामा बढदो बिश्वास र भरोसा नै प्रचण्डका आत्म हत्याको सोच पलाएको प्रष्टै छ। अव हेरौं केही तथ्य विधान महाधिवेशनको भव्य सफलतापछि देशकै सबभन्दा टूलो दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई दशौं महाधिवेशनको चटारो शुरू भएको छ । नेपालीहरूका ठूला चाडपर्व दसैं, तिहार र छठको समय हिसाब नगर्ने हो भने एमालेको महाधिवेशन निकै नजिक आइपुगेको छ । यो छोटो अवधिमा एमालेले सम्पन्न गर्नुपर्ने कामको सूची भने निकै लामो छ । तृणमूल तहदेखि केन्द्रसम्म युद्धस्तरमा काम गर्दा मात्र तोकिएको समयमा एमालेको दशौं महाधिवेशन सम्पन्न गर्नसक्ने अवस्था छ । विधि, विधान र विचारको काम पार्टीको प्रथम विधान महाधिवेशनले निर्क्यौल गरे पनि नेतृत्व निर्माणको पेचिलो र कहिले काँही सकसपूर्ण काम बाँकी छ । २०७८ सालको दोस्रो हप्ताभित्र सम्पन्न हुनैपर्ने एमालेका केही कामको यहाँ चर्चा गर्ने जमर्को गरिएको छ ।

पार्टी सदस्यता नवीकरण

पार्टीको दशौं महाधिवेशन अगावै देशभरका छ लाखभन्दा बढी सदस्यताको नवीकरण भइसक्नु पर्नेछ । माधव नेपालको नेतृत्वमा पार्टीका केही नेताले अलग्गै पार्टी बनाएको कारण केही पार्टी सदस्यहरू (करिब दश प्रतिशत) मा एमालेमै आफ्नो सदस्यता नवीकरण गर्ने कि नयाँ पार्टीमा लाग्ने भन्ने द्विविधा उत्पन्न भएको छ । त्यो द्विविधलाई चिर्न एमालेले राष्ट्रव्यापी अभियान चलाउनु पर्ने हुन्छ । सबैको विवरण अध्यावधिक गर्न, जिल्लादेखि केन्द्रसम्म तिनीहरूको रेकर्ड व्यवस्थापन गर्न र अन्तरपार्टी जनवादमा तिनीहरू सबैलाई सामेल गर्न एमालेका नेता कार्यकर्ताले निकै श्रम र पसिना बगाउनु पर्ने अवस्था छ । पार्टी सदस्यता पार्टीको निरन्तर प्रक्रिया भएको र अहिले एमालेले पार्टी सदस्यता वितरण र नवीकरणलाई प्रविधिमैत्री बनाउने योजनामा रहेको सन्दर्भमा यसमा विरालो बाँध्नुपर्ने आवश्यकता छैन ।

पालिकास्तरका अधिवेशन

एमालेले पालिकास्तरका आधिवेशनको तालिका सार्वजनिक गरिसकेको छ । तालिकाअनुसार कार्तिक ६ गते देशभरका वडा अधिवेशन र ९ गते पालिका अधिवेशन सम्पन्न गरिसक्नु पर्नेछ । स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा पार्तीको पालिका अधिवेशन आफैंमा निकै महत्वको हुनेछ । अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी-काङ्‌ग्रेस गठबन्धनका वाबजुद एमालेले बहुमत स्थानीय तहमा विजय प्राप्त गरेको थियो । माधव नेपालले भगिरथ प्रयत्न गर्दा पनि स्थानीय जनप्रतिनिधिहरूलाई चलाउन सकेनन । भ्रमवश माधवतिर लागेका केही स्थानीय जनप्रतिनिधि पनि धमाधम मूलधारमै फर्कदैछन । हाल एमालेभित्र आम सहमतिको वातावरण बनिरहेको अवस्थामा सबै पालिकामा एमालेले सहमतिमै अधिवेशन सम्पन्न गर्न सकिए आगामी स्थानीय तहको निर्वाचनमा एमालेको विजयको प्रमुख आधार हुनेछ।

महाधिवेशनको चटारो

२०७८ सालको मङ्सिरको दोस्रो सातामा आफ्नो दशौं महाधिवेशन एमालेले घोषणा गरिसकेको छ । तोकिएको समयमा महाधिवेशन गरिसक्नै पर्ने दवावमा एमाले छ । एकातिर आफ्नो ऐतिहासिक प्रथम विधान महाधिवेशन एकमना एकताका साथ सम्पन्न गरेको एमालेलाई सोही प्रकारले राष्ट्रिय महाधिवेशन पनि सहमतिका साथ सम्पन्न गर्ने कार्यभार छ । विधान महाधिवेशन सहमतिका साथ भव्य रूपमा सम्पन्न भएकोमा नेपाली श्रमजीवी जनता प्रफुल्लित भए भने प्रतिक्रियावादी शक्ति त्रसित बन्यो । एमालेको फूट, विग्रह, विमतिमा रमाउने प्रचण्ड र माधव नेपालहरू चकित बने । आफ्नो बहिर्गमनपछि भएको एमालेको शक्ति क्षीण भएको भ्रममा रहेका प्रचण्ड र माधव नेपाललाई नींद हराम भयो । जिल्लास्तरका आफ्ना अधिकांश कार्यकर्ता एकपछि अर्को गर्दै एमालेमा प्रवेश गरिरहेको र एमालेको रौनक बढेको देखेर प्रचण्डमा त आत्महत्याको सोच समेत देखियो । एमाले र केपी शर्मा ओलीप्रति जनतामा बढदो बिश्वास र भरोसा नै प्रचण्डका आत्महत्याको सोच पलाएको प्रष्टै छ ।एमालेले जनताको बहुदलीय जनवाद आफ्नो मार्गदर्शक सिद्धान्त बनाएपछि पार्टीको संगठनात्मक जीवन भयङ्‌कर आन्तरिक प्रतिस्पर्धाबाट गुज्रदै आएको छ । पार्टीको केन्द्रदेखि तृणमूल तहसम्मको नेतृत्व निर्माणमा प्यानलको आधारमा निर्वाचन भयो, पार्टीभित्र निर्वाचन जित्नका लागि कतिपय अवस्थामा धन, डनलगायतका गैर कम्युनिष्ट माध्यमको समेत प्रयोग भयो । यसो भन्न सकिन्छ, वितेको दशक एमालेको आन्तरिक जीवन अति चुनावको शिकार बन्यो । जसका लाठ उसका भैंस मान्ने र चुनावमा अभ्यस्थ अधिकांश एमालेजनहरू नेतृत्व निर्माणमा सहमति हुन्छ भन्ने विश्वास गर्दैनन् । सहमति उच्चस्तरको जनवाद हो भन्ने तथ्य नै ओझेलमा परेको जस्तो देखिन्छ एमालेमा । सहमतिमा अन्तरपार्टी जनवाद नदेख्ने रोगबाट एमालेको दशौं महाधिवेशन अगावै पार्टी मुक्त हुन सक्नुपर्छ ।

एमालेको विरूद्ध हाल भइरहेको घेराबन्दीबाट बच्न, स्थानीय तहको र केन्द्रको निर्वाचनमा थप सफलता प्राप्त गर्न एमालेमा आम सहमतिआवश्यक छ । जनताको बहुदलीय जनवाद पार्टीका हरेक विषयमा समूहबन्दी, मुख रातोपिरो पारेर पौंठेजोरी खेल्ने माध्यममात्र होइन, सहमतिको सिद्धान्त हो भन्ने समस्त एमालेजनले सोच्न सकेमात्र पनि देशले एक फड्को मार्न सक्छ । एमालेजनको आम सोचाइमा क्रमभङ्‌ग हुन जरूरी छ ।(जनता टाइम्सबाट) 

प्रकाशित : २९ आश्विन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६