प्रदेश

वाग्मतीकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै, पाउँलिनत विश्वासको मत ?



काठमाडौं,२४ असोज । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मतका लागि प्रस्ताव राख्ने भएकी छन् ।आज अपराह्न ३ बजे प्रदेश सभाको नवौ अधिवेशन आह्वान गरिएको छ । आजकै बैठकमा उनले विश्वासको मत लिने तयारी गरेको जनाइएको छ । मुख्यमन्त्री शाक्यका राजनीतिक सल्लाहकार माधव अर्यालले शुक्रबार विश्वासको मतसम्बन्धी प्रस्ताव संसदमा दर्ता गराएका थिए ।

नेकपा एमाले विभाजन भएर १३ सांसद नेकपा ९एकीकृत समाजवादी० मा लागेपछि मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । उनले आफूमाथि संसद्को विश्वास रहेको पुष्टि गर्न आज प्रदेश सभामा विश्वासको मत लिन लागेकी हुन् ।

भदौ २ गते एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्यले आज विश्वासको मत पाउने सम्भावना रहेको छैन । उनको पक्षमा एमाले ४३ सांसद मात्रै छन् । अहिले १०९ जना प्रदेश सभा सदस्य रहेको प्रदेशमा सरकार जोगाउन ५५ सांसद आवश्यक पर्छ । तर‚ गठबन्धनबाहिर रहेका अन्य साना दलसँग मिल्दा पनि मुख्यमन्त्री शाक्यका लागि आवश्यक मत पुग्दैन ।

४३ जना सांसद रहेको एमालेले गठबन्धनबाहिर रहेका विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र नेपाल मजदुर किसान पार्टी नेमकिपासँग सहकार्य गर्दा पनि आवश्यक मत पुर्‍याउन सक्दैन ।

प्रकाशित : २४ आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६