बागमती

सरकार गठनको तीन महिना , मन्त्रिपरिषद विस्तारले आज पूर्णता पाउँदै



काठमाडौँ २१ असोज  । सरकार गठन भएको तीन महिना पुग्दै लाग्दा मन्त्रिपरिषद विस्तारको कामले आज पूर्णता पाउँदैछ ।सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुबीच मन्त्रालय बाँडफाँटको विषयमा सहमति भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन ।नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य मेटमणि चौधरीले आज दिउँसो ३ बजे मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए । ‘मन्त्रिपरिषद् विस्तारको सबै तयारी पूरा भइसकेको छ’, उनले भने, बिहीबार दिउँसो ३ बजे मन्त्रिपरिषद् विस्तार हुन्छ ।’

यसअघि मंगलबार सत्तारुढ दलको बैठकले मन्त्रालय बाँडफाँट गरेको थियो । जसअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित आठ, माओवादी केन्द्रले छ, नेकपा (एस) र जसपाले चार/चारवटा मन्त्रालय लिने सहमति भएको एक नेताले जानकारी दिए । सत्तारुढ तीन दलबीच एक/एक राज्यमन्त्री लिने सहमति गरेका भएको छ ।

प्रकाशित : २१ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६