खेलकुद

श्रीलंकालाई हराउँदै नेपाल पहिलो स्थानमा पराजित



काठमाडौं १९ असोज । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ।गएराति सम्पन्न खेलमा श्रीलंकालाई ३/२ गोल अन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे ।

श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल फर्काए ।खेलको ३३औं मिनेटमा सुमनले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । उनको यो नेपालका लागि डेब्यु गोल हो ।खेलको ५१औं मिनेटमा अन्जनले गोल गर्दै नेपाललाई २ शुन्यको अग्रता दिलाए ।

ह्यामिल्टनले ५७औं मिनेटमा २५ यार्ड टाढाबाट गोल गर्दै श्रीलंकालाई २/१ को स्थितिमा ल्याए ।खेलको ८६औं मिनेटमापरिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका युसले गोल गर्दै नेपाललाई ३/१ को अग्रता दिलाए । उनको यो नेपालका लागि पहिलो गोल हो ।त्यसपछि खेलको इन्जुरी समयमा श्रीलंकाका डी सिल्भाले पेनाल्टीमा एक गोल गरेपनि नेपालले ३/२ गोल अन्तरको महत्वपूर्ण जित निकाल्न सफल भयो ।

यो जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। नेपालले २ खेलमा ६ अंक जोडेको छ ।लगातार दोस्रो जितपछि नेपाल फाइनल नजिक पुगेको छ।नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १ शुन्यले हराएको थियो ।श्रीलंकाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा श्रीलंका बंगलादेशसँग १ शुन्यले पराजित भएको थियो ।लगातार दुई हार व्यहोरेको श्रीलंकाको फाइनल यात्रा कमजोर बनेको छ ।अब नेपालले तेस्रो खेलमा भारतविरुद्ध आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ।यस संस्करणको साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागि भएका हुन ।लिगमा पाँचै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

प्रकाशित : १९ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६