प्रदेश

सांस्कृतिक संग्रालय निर्माणमा प्रतिष्ठान कपिलवस्तुले एक लाख सहयोग गर्ने ।



कपिलवस्तु, १६ असोज ।  राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्लाकार्य समिति कपिलवस्तुको दशौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका लुम्विनी प्रदेश अध्यक्ष लोक तथा दोहोरी गायक डिल्लीनारायण पाण्डेकोे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका लुम्विनी प्रदेश सचिव टिकाराम लुइटेल, संस्थाका लुम्विनी प्रदेश सदस्य तथा प्रतिष्ठान कपिलवस्तुका सस्थापक अध्यक्ष पुर्णचन्द्र परियारको विशिष्ठ आतिथ्यतामा सिद्धार्थ क्याम्पस बुङचीमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सस्थाले गरेकोको बार्षिक प्रतिवेदन सस्थाका सचिव सुशिल खत्री र आर्थिक प्रतिवेदन सस्थाका कोषाध्यक्ष सुमन पौडेलले प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी डिल्लीनारायण पाण्डेले प्रतिष्ठान कपिलवस्तुले गरेको कामको प्रशंसा गर्दै आगामि दिनमा कपिलवस्तु प्रतिष्ठानलाई उत्कृष्ठ जिल्लाको रुपमा हेर्न चाहेको बताउनु भयो ।

सस्थाको दशौं साधारण सभाको अवसरमा नेपाली लोक संस्कृतिको संरक्षण तथा संवद्र्धन मूल ध्येयका साथ रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं. ४ मा बन्दै  गरेको लुम्बिनी लोक सांस्कृतिक संग्रालय निर्माण गर्नका लागि दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुले कम्तिमा रु १ लाख  रुपैँया सहयोग गर्ने सस्थाका अध्यक्ष थानेश्वर अधिकारीले बताउनु भयो । कार्यक्रम सस्थाका अध्यक्ष थानेश्वर अधिकारीको अध्यक्षतामा, महिला उपाध्यक्ष सारदा खनलाको स्वागत र सचिव सुशिल खत्रीको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रकाशित : १६ आश्विन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६