बागमती

राजीनामा नदिने विश्वासको मत पनि नदिने नेपाल समुहको निर्णय



काठमाडौं 27 बैशाख। नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदहरू विश्‍वासको मत नदिने भएका छन्।

राजीनामा दिन संसद् भवन नयाँ बानेश्वर पुगेका सांसदहरूले राजीनामाको सट्टा अनुपस्थित हुने निर्णय गरेका छन्। नेता भीम रावलले प्रधानमन्‍त्री केपी ओलीले  विश्‍वासको मत लिने सोमबारको संसद् बैठकमा अनुपस्थित हुने निर्णय गरेको जानकारी दिए।

नेता नेपालले सहमतिका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसामु प्रस्तुत गरेका सर्तहरूको सम्बोधन हुने सन्देश नआएपछि  सांसदहरू  राजीनामा दिन संसद् भवन पुगेका थिए। ओलीले विश्‍वासको मत लिन सोमबार संसद्को अधिवेशन बोलाएका छन्। उनीहरू अनुपस्थित रहेपछि ओली विश्‍वास मत लिन असफल हुनेछन् र वैकल्पिक सरकार बनाउन बाटो खुल्ला हुनेछ। 

हाल नेपाल पक्षमा ३३ जना सांसद रहेका छन् । जसमध्ये प्रत्यक्षतर्फ २३ र समानुपातिकका १० जना सांसद रहेका छन् । 

नेता नेपालले आइतबार राति अध्यक्ष ओलीलाई सोमबार बिहान ९ बजेसम्मका लागि अल्टिमेटम दिँदै ६ बुँदे सर्त राखेका थिए ।यी सर्तहरू पुरा गर्न सोमबार बिहान नौ बजेसम्मको अल्लटिमेटम दिइएको छ। नेपालले आफ्नो पत्रमा सर्वोच्चको फागुन २३ को फैसालाअनुसार एकीकरणअघि अर्थात २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने सर्त राखेका छन्। पार्टीलाई एकीकरण अघिको संरचना र अवस्थामा क्रियाशील बनाएपछि मात्र विश्‍वासको मत दिन तयार हुने सन्देश उनले दिएका छन्। अध्यक्ष तथा प्रधानमन्‍त्री केपी ओलीको वक्तवय लगत्तै नेपालले यस्तो पत्र पठाएका हुन्।

सर्वोच्च फैसलापछि ओलीले बालुवाटारमा बैठक डाकेर एकपक्षीय रुपमा गरेका सबै निर्णयहरू खारेज हुनुपर्ने, गतिविधि अमान्य हुनुपर्ने सर्त राखेका छन्। ओलीले केन्द्रीय कमिटि विघटन गरेर नेपाललगायतका नेताहरूलाई जिम्मेबारीबाट हटाउँदै कारबाही गरेका थिए। माधव नेपाललगायतका ३० जना सांसदहरूलाई स्पष्टीकरण सोधेर कारबाहीको तयारीसमेत गरेका छन्। यी सबै निर्णय र कदम खारेज हुनुपर्ने सर्त माधवले राखेका छन्

प्रकाशित : २७ बैशाख २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६