गण्डकी

गण्डकीमा सरकार परिवर्तनका लागि आज अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी



कास्की २ बैशाख । गण्डकीमा सरकार परिवर्तनका लागि प्रतिपक्षी दलहरूले आज अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारलाई राष्ट्रिय जनमोर्चाले दिएको समर्थन फिर्ता लिएपछि विपक्षी दलहरू अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णयमा पुगेका हुन्।सरकार परिवर्तन गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हाल सत्तारुढ नेकपा एमालेबाहेकका दलहरूसँग संवाद गरिरहेको छ।

सरकार परिवर्तन गर्न कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच सहमति भइसकेको छ। अविश्वासको प्रस्ताव दर्ता गर्न यी तीन दलले राष्ट्रिय जनमोर्चाको निर्णय पर्खेका थिए।जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएपछि विपक्षी दलहरू अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णयमा पुगेका हुन्।

सरकार परिवर्तन गर्न भोलि नै अविश्वासको प्रस्ताव संसद सचिवालयमा दर्ता गर्ने तयारी गरको कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बताए।‘सरकारविरूद्ध भोलि नै अविश्वासको प्रस्ताव दर्ता गर्छौं,’ उनले भने, ‘प्राविधिक हिसाबले मिलेन भने पर्सीसम्म दर्ता हुन्छ।’राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार अल्पमतमा परेको छ।गण्डकी प्रदेश सभामा रहेका ६० जना सांसदमध्ये स्वतन्त्र सांसद दीपक मनाङेसहित एमालेका २८ जना सांसद छन्।

प्रकाशित : २ बैशाख २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६