गण्डकी

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता



कास्की २ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सरकारले प्रदेश सभामै अविश्वासको प्रस्ताव दर्ता हुने हुने डरले रातारात अधिवेशन अन्त्य गरे पनि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जसपाले गुरुङविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।अविश्वासको प्रस्ताव दर्ता गराउन १५ जना सांसद आवश्यक पर्ने भए पनि २८ जना सांसदको हस्ताक्षर रहेको छ । गण्डकीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै अविश्वास प्रस्ताव तयार पारिएको छ ।

सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरे पनि २५ प्रतिशत सांसदले माग गरे फेरि अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ । सरकार गठनका लागि ३१ जना सांसद चाहिनेमा जनमोर्चाले समर्थन फिर्ता लिएपछि २८ सांसद रहेको एमालेको सरकार अल्पमतमा परेको छ ।गण्डकीमा कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका तीन र जसपाका दुई सांसद छन् । चार दल मिलेर नयाँ सरकार बनाउने कोसिस भइरहेको छ । 

प्रकाशित : २ बैशाख २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६