प्रदेश

मुख्यमन्त्री भट्टद्धारा मन्त्री बोहरालाई आज पदमुक्त



काठमाण्डौ १४ पुष । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई आज पदमुक्त गर्नुभएको छ ।मन्त्री बोहरालाई पदमुक्त गरी प्रदेश प्रमुखलाई जानकारी गराइसकिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । अहिलेको राजनीतिक परिस्थितिका कारण उहाँलाई हटाइएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो । बर्खास्तमा परेका मन्त्री बोहरा नेकपाको केपी शर्मा ओली समूहका केन्द्रीय सदस्य हुनुहुन्छ ।

डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहराले पदमुक्त भएपछि प्रतिक्रिया दिँदै राजनीतिक पूर्वाग्रह राखेर आफूलाई पदमुक्त गरिएको हुनसक्ने बताउनुभयो । ‘मन्त्रीको जिम्मेवारीमा रहेर आफूले कार्यसम्पादन गर्दा मुख्यमन्त्रीको शिर उँचो बनाउने नै काम गरेको थिएँ’, बोहराले भन्नुभयो, ‘आफू संस्थापन पक्षमा लागेकै कारण पदमुक्त गरिएको हुन सक्छ ।’

प्रकाशित : १४ पुस २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६