अन्तर्वार्ता

प्रधानमन्त्री ओली चीनसँगको सीमावर्ती क्षेत्र किमाथाङ्का जाने तयारी



काठमाडौं २५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभाको चीनसँगको सीमावर्ती क्षेत्र किमाथाङ्का जाने तयारी भएको छ ।प्रधानमन्त्री ओली भोलि किमाथाङ्का जाने तयारी भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।कोशी करिडोरलगायतका विकास आयोजना निरीक्षण गर्न प्रधानमन्त्री ओली किमाथाङ्का जाने भएका हुन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओली उपत्यकाभित्रका कार्यक्रमहरुमा सहभागी हुँदै आए पनि राजधानी बाहिर भने गएका छैनन् ।कात्तिक २३ गते वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य गजबले सुधार भएको बताएका थिए ।

प्रकाशित : २५ कार्तिक २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६