मधेश

पर्सामा कोरोनाका कारण थप एक जनाको ज्यान गयो ,



पर्सा ३ भदौँ । पर्सामा कोरोनाका कारण थप एक जनाको ज्यान गएको छ । वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचार गराइरहेका व्यक्तिको ज्यान गएको  नारायणी कोभिड अस्पतालका कोअर्डिनेटर डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो ।विर्ताका ८६ वर्षीय पुरुषको गएराति १० बजे गण्डक अस्पतालमा ज्यान गएको उहाँले बताउनुभयो । ती वृद्धको कोभिड निमोनियाको उपचार गराउदै गर्दा ज्यान गएको हो ।उहाँको स्वाब साउन २३ गते सङ्कलन गरिएको थियो । २६ गते आएको रिपोर्टमा उहाँमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । 

       यसअघि आज बिहान ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको ज्यान गएको थियो । ती महिलालाई गएको साउन २१ गते अस्पताल भर्ना गरिएको थियो । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १ सय १६ पुगेको छ । आज ज्यान गुमाएका पुरुष र महिलाको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ ।मन्त्रालयका अनुसार अहिलेसम्म ५ लाख ४२ हजार ८ सय ६६ जनाको पीसीआर परीक्षण गरिएकोमा २८ हजार २ सय ५७ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १७ हजार ५ सय ८० जना निको भएका छन् । १० हजार ५ सय ६३ जना आइसोलेसनमा र १३ हजार ९ सय २६ जना क्वरेण्टीनमा रहेका मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित : ३ भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६