कर्णाली

पेस्तोलसहित सम्पर्कविहीन प्रहरी जवान मृत फेला



सुर्खेत ३० बैशाख । सुर्खेतमा एक जना प्रहरी जवान मृत भेटिएका छन् । सिम्ता गाउँपालिका वडा नम्बर ३ मा रहेको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का मंगलबार बिहान  मृत अवस्थामा भेटिएका हुन् ।  उनी राति दुई बजेदेखि सम्पर्कविहीन भएकोर बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गोपाल रायमाझीले जानकारी दिनुभयो । एक थान पेस्तोलसहित सम्पर्कविहीन खड्काको शव बिहान नौ बजेतिर चौकीदेखि झण्डै पाँच सय मिटरको दुरीमा कन्चटमा गोली लागेको अवस्थामा फेला परेको हो । खड्काको आत्महत्या वा हत्या के हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिले सुर्खेत प्रहरी प्रमुख दिल्लीराज पन्तसहितको टोली घटनास्थल तर्फ गएको सूचना अधिकारी रायमाझीले बताउनुभयो । 

प्रकाशित : ३० बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६